२४ असार २०७८, बिहीबार   547 पटक हेरिएको


image

यूनियन लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडले आज  असार २४ गते बिहीबार देखि सर्बसाधारणको लागि साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ।कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर असार २४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

साधारण शेयरको कूल कित्तामध्ये कुल पुँजीको ५% अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५% सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त साधारण शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त साधारण शेयरमा असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट पनि आवेदन दिन सक्ने छन। साधारण शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

अहिले भर्खर खुला भई बिक्री बन्द भएको लघु बित्तको शेयरको लागी परेको आबेदन बाट पनि थाहा हुन्छ की अबका दिनमा अझै बढ़ी पर्ने संभावना रहेको छ । जीबन बिकाश लघु बित्तमा १८,४७,०५१  आबेदन परेको थियो भने मनकामना स्मार्ट लघुबित्त मा २०,३६ ,२४५ जनाले  आबेदकले आबेदन दिएका थिए ।  त्यसकारण यो इन्सुरेन्स कम्पनीमा कुल बिक्री खुलाको १० कित्ताले पनि ६४५००० जनाले मात्र प्राप्त गर्ने भएको कारण १० कित्ताको लागी आबेदन दिंदा उपर्युक्त हुने बजार संग जानकारहरु बताऊछन ।





सम्बन्धित समाचार