२३ असार २०७८, बुधबार   380 पटक हेरिएको


image

ज्योति विकास बैंक लिमिटेडले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा १५ लाख कित्ताको १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र असार २० गते बाट निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा पर्याप्त आबेदन नपरेको कारणले अब साऊन ३ गते सम्म आबेदन दिन पाऊने भएको छ ।जसमध्ये बैंकले ६ लाख कित्ता सामूहिक लगानीकोष तथा  सर्वसाधारणमा बिक्री गर्नेछ, भने बाँकी  ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो । उक्त कित्ताहरु बैंकले असार २० गते आईतबार देखि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बन्ड २०८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ९% हुनेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेमा सो समयमा पर्याप्त आबेदन नपरेकोले म्याद थपिएको छ ।

उक्त्त ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।बैंकको यस  ऋणपत्रको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट पनि आवेदन दिन सकिन्छ ।





सम्बन्धित समाचार