
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बुधबार बाँडफाँड हुने जनाएको छ । उक्त साधारण शेयरको प्रि-अलटमेन्ट सोमबार २१ गते सम्पन्न भएको हो।
उक्त साधारण शेयरको बाँडफाँड आज बिहान ९ : ३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा हुने क्यापिटलले जानकारी दिएको छ ।कुल आबेदक २० लाख ८४ हजार ७ सय ६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले साधारण शेयर गोलाप्रथाबाट बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा होलाप्रथाबाट वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने निश्चित नै छ। यस कम्पनीको बाँडफाँड परिणाम //meroshare.cdsc.com.np/#/login, iporesult.cdsc.com.np बाट र बिक्री प्रबन्धक क्यापिटलको साईटबाट पनि हेर्न सकिने छ ।