२२ असार २०७८, मंगलवार   1183 पटक हेरिएको


image

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ‘आरविवि म्यूचुअल फण्ड १’ नामक  म्यूचुअल फण्ड निष्कासन तथा बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले  अनुमति प्रदान गरे संगै भोली असार २३ गते बाट निष्काशन गर्न लागेको छ । यस फण्डको कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र (Fund Manager)योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैंक लिमिटेड हुने गरी ‘आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुनेछ ।

यो बन्दमुखी योजना रहेको छ । यस म्यूचुअल फण्ड  निष्काशन गर्न बोर्डले असार १० गते अनुमति प्रदान गरेको हो ।यस योजनाको आकार एक अर्ब रूपैयाँ रहेको छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल कित्ता रकमको १३% तथा योजना व्यवस्थापकले २% लगानी गर्नेछ ।

प्रति कित्ता मूल्य १० रुपैयाँ  रहेको म्युचल फण्डमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम अधिकतम एक करोड कित्ता संख्या सम्म लगानी गर्न सकिने छ ।नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र  मेरो शेयर एपबाट आवेदन दिन सकिन्छ ।यो योजना छिटोमा असार २७ गते बिक्री बन्द हुनेछ भने ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।





सम्बन्धित समाचार