२१ असार २०७८, सोमबार   337 पटक हेरिएको


image

जीवन विकास लघुवित्तको  प्रि-अलटमेन्टको कार्य बिक्री प्रबन्धक तथा निष्कासनकर्ता  एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न भएको जनाएको  छ । प्रि-अलटमेन्ट सम्पन्न भएपछी यस लघु बित्तको साधारण शेयर बाँडफाँड यसै साता हुने जनाएको छ ।

यस लघुबित्त संस्थाले गत असार ११ गते बाट असार १५ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

यस लघुबित्त संस्थाको शेयरमा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् ।यस कम्पनीमा आबेदन दिनेको संख्या अहिले सम्मको धेरै रहेको छ ।यस कम्पनीको आबेदकहरु मध्य धेरै आबेदक हात खाली हुने पक्का नै रहेको छ ।





सम्बन्धित समाचार