२० असार २०७८, आईतवार   326 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गत असार ६ गते बाट बिक्रि खुल्ला भएको एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिए संगै आज असार २० अन्तिम दिन रहेको  छ ।यस बैंकहरुको ऋणपत्रहरुमा ६ गते बाट छिटोमा असार ९ गतेसम्म भएकोमा माग बमोजिम पर्याप्त आवेदन नपरेका कारण यो ऋणपत्रहरुमा अब असार २० गतेसम्म आवेदन दिन सकिने म्याद थपिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले ७,५०,००० कित्ता को रु.७५ करोड रुपैयाँ बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” नामक ऋणपत्रको निष्कासन गरेको छ । यस ऋणपत्र १० बर्ष अबधि ,वार्षिक ९% ब्याजदर भएको ऋणपत्र प्रति कित्ता रु. १००० दरमा बिक्री गर्न लागेको हो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ३ लाख कित्ता सम्म खरिद आवेदन दिन सकिनेछ।कुल निष्कासन हुने ७ लाख ५० हजार कित्ता मध्ये ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका कित्ता मध्ये ५%(१५,०००कित्ता) भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। यस बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, एनआईसि एसिया बैंकलिमिटेडले पनि असार ६ गतेबाट नै ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो। ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत यही जेठ  २० गते एनआईसि एसिया बैंकलाई ‘८.५% एनआईसि एसिया डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गरको हो । 

एनआईसि एसिया बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज  क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार