
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्सको एकीकृत कारोबार यही असार २६ गतेबाट सुरु गर्ने भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को नामबाट एकीकृत कारोबारको सुरुआत गरिने भएको छ।यी दुई बित्तीय संस्था सिर्जना फाइनान्स र सिटिजन्स बैंकको गत जेठ २७ गतेसम्म विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो।

सिटिजन्स बैंकले सिर्जनालाई १:०.९५ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। जसअनुसार सिर्जनाको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकले ९५ कित्ता सेयर दिनेछ।
एकीकृत कारोबार सञ्चालन गर्ने प्रयोजनका लागि दुवै संस्थाको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकोले असार २५ गते साँझ ५ बजेदेखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण बैंक सेवा बन्द रहने बताइएको छ। यसबाट ग्राहक बर्गमा पर्न जाने असुविधान प्रति दुवै बित्तीयसंस्थाले क्षमायाचना गरेको छ।