
अहिले हरेक क्यापिटल तथा बैंकहरुले सेयरधनीहरुलाई आफुले डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो ।सम्पूर्ण क्यापिटलले आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा रु.१०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो। तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने जनाएको छ ।
हितग्राहीहरुले आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, इ – सेवा, खल्ती आदि बाट भुक्तानी गर्न सक्नेछन् । मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलहरुले जनाएको छ।
डिम्याट खाता तथा मेरो शेयर नविकरणको लागी मेरो शेयर बाट सजिलै भुक्तानी गरी नबिकरण गर्न सकिन्छ । सबै भन्दा पहिला मेरो शेयरको meroshare.cdsc.com.np लग ईन गर्नु होला ।DP CODE,USERNAME,PASSWORD राखी login गर्नु होला । त्यस पछि सबै भन्दा माथी रहेको मेरो शेयरको प्रोफाईलमा क्लिक गरि my profile भन्ने खुल्छ ,र त्यहाँ renew account को option देखिन्छ र त्यहाँबाट सजिलै क्लिक गरी नबिकरण गर्न सकिन्छ । पैसा भुक्तानीको लागी भने यी माध्यम कनेक्ट आइपीएस, इ – सेवा, खल्ती आदि भने हुनु पर्ने छ ।