१८ असार २०७८, शुक्रबार   320 पटक हेरिएको


image

जल बिधुत लगानी तथा बिकास कम्पनी लिमिटेड (HIDCL) को हकप्रदमा आगामी साउन ५ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । कम्पनीले (१:१) को अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

जल बिधुत लगानी तथा बिकास कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयर जारी गर्न गत जेठ २८ गते बुक क्लोज गरेको थियो । यसकारण जेठ २७ गतेसम्म कायम भएका शेयर लगानीकर्ताले  मात्रै उक्त शेयरमा आवेदन दिन पाऊने छन् ।कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ





सम्बन्धित समाचार