१८ असार २०७८, शुक्रबार   753 पटक हेरिएको


image

गत असार ११ गतेबाट असार १५ गते सम्म निष्काशन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड आगामी साता गरिने भएको छ ।अहिले संस्थाको शेयरको आबेदनको डाटा भेरिफिकेसनको  काम चलिरहेको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिनसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । 

मागभन्दा धेरै आवेदन परेको हुनाले शेयर बाँडफाँड गोलाप्रथा बाट गरिने छ र लगानीकर्ताले सो शेयर प्राप्त गर्न भाग्यको नै भर पर्नु पर्ने हुन्छ । शेयर संख्याको आधारमा १ लाख ८४ हजार ८ सय  जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने धेरै आवेदकको हात खाली हुने निश्चित छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये कुल पुँजीको ०.५% ले हुन आउने ३० हजार ४ सय २० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५%ले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार