१७ असार २०७८, बिहीबार   416 पटक हेरिएको


image

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले बार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि असार १८ गते बुक क्लोज गर्दैछ ।

त्यस कारण आजसम्म कायम सेयर लगानीकर्ताले लाभांश प्राप्त गर्न  र साधारण सभामा भाग लिनको लागी आज सम्म खरीद गरेमा प्राप्त गर्न  सक्नेछन् । कम्पनीले असार ३१ गते २५औं साधारण सभा बोलाएको छ ।  कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार बार्षिक साधारण सभा काठमाडौंमा बिहान ११ बजेबाट  सुरु हुने जनाएको छ ।

सभाले गत आर्थीक वर्षको नाफाबाट सेयरधनीलाई १५.५% बोनस सेयर र नगद लाभांश ०. ८३% (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ  । 

सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन ,नाफानोक्सान हिसाब ,वासलात ,नगद प्रबाह बिबरण तथा अन्य बित्तीय बिबरण ऊपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 





सम्बन्धित समाचार