PalikaExpress
१७ असार २०७८, बिहीबार
1868 पटक हेरिएको

माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।‘१० बर्ष ,८.५ % माछापुच्छ्रे डिबेंचर २०८७’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति प्राप्त भएको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरमा ३० लाख कित्ताको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति असार १६ पाएको छ । सो ऋणपत्रहरु मध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस बैंकको उक्त ऋणपत्रमा बिक्री प्रबन्धक तथा निष्कासनको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिको ८.५०% व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।