
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते आज बिहीबार देखि साधारण शेयर निष्काशन गर्दै छ । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । धितोपत्र बोर्डले यही असार ६ गते मनकामना स्मार्ट लघुवित्तलाई साधारण शेयर निष्काशन गर्न अनुमति दिएको थियो ।
यस लघु बित्त कम्पनीले प्रति कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा ३ लाख ८९हजार कित्ताको ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न भएको छ । साधारण शेयरको जम्मा कित्ताहरु मध्ये जम्मा पुँजीको ०.५% ले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्व साधारणका लागि जारी गर्न लागेको पुँजीको ५% को अर्थात , १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताहरु मात्र सर्वसाधारणका लागि बिक्री बितरण गरिने छ । यो लघु बित्तको शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्ने छन । लघु बित्त कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले यो लघुबित्त कम्पनीमा १० कित्ताको लागी आबेदन दिंदा उपयुक्त हुनेछ,अहिले डीम्याट खाता खोल्नेको संख्या नै ३५लाख ५७ हजार भन्दा बढ़ी भएकोले लगानीकर्ताले धेरै पैसा लगानीगर्नु उपयुक्त हुदैन ।धेरैको संख्यामा आबेदन पर्ने भएकोले शेयर प्राप्त गर्ने भाग्यमा नै भर पर्नु पर्ने हुन्छ ।