१५ असार २०७८, मंगलवार   515 पटक हेरिएको


image

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा आवेदन दिने आज असार १५ गते अन्तिम दिन रहेको छ । संस्थाको साधारण शेयरमा आज बैकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले गत असार ११ गते बाट निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको शेयरमा आबेदन दिनेको संख्या सोमबार साँझ सम्म मागभन्दा १५ गुणा बढी आवेदन परेको जानकारी प्राप्त भएको छ । संस्थाको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर एप मार्फत पनि आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार