१४ असार २०७८, सोमबार   622 पटक हेरिएको


image

गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले  (८.७५ %,७ बर्ष ,गरिमा डिबेंचर २०८५ )नामक ऋणपत्र निष्कासन गर्न असार ११ गते नियामक निकाय नेपाल धितो पत्रमा निवेदन पेश गरेको छ ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार