१४ असार २०७८, सोमबार   495 पटक हेरिएको


image

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  ‘आरविवि म्यूचुअल फण्ड १’ नामक  म्यूचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले  अनुमति प्रदान गरे संगै असार २३ गते देखि आरविवि म्युचुअल फण्ड-१ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । निष्काषित कित्ता मध्ये १ करोड ५० लाख कित्ता वा कुल बिक्री भएको कित्ताको १३% कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र २% कित्ता योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि बिक्री गरिनेछ ।

यस फण्डको कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र (Fund Manager)योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैंक लिमिटेड हुने गरी ‘आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।यस म्यूचुअल फण्ड  निष्काशन गर्न बोर्डले असार १० गते अनुमति प्रदान गरेको हो । यसको समयावधि ७ वर्षको रहनेछ ।

उक्त कित्तामा लगानीकर्ताले असार २३ गतेदेखि छिटोमा असार २७ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रति कित्ता १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त कित्तामा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरोसेयरबाट आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार