१४ असार २०७८, सोमबार   396 पटक हेरिएको


image

राधी बिधुत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज असार १४ गते सम्म रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि असार १५ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको वार्षिक साधारण सभा असार २९ गते काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने भएको छ । 

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५% बोनस सेयर (कर प्रयोजन बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ % (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै अन्य बित्तीय बिबरण पारित गर्न र साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 





सम्बन्धित समाचार