१२ असार २०७८, शनिबार   333 पटक हेरिएको


image

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको १२८ औ बैठकको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ ।लघुवित्तको बार्षिक साधारण सभा होटल गाँउबेशीको सभाहल वालिङमा बिहान साढे ११ बजे बाट सुरु हुने  जनाएको छ ।

सभामा संचालक समितिको तर्फ बाट अध्यक्षबाट आ.ब.२०७६/७७ को बार्षिक प्रतिबेदन पेश गर्ने र सो ऊपर छलफल गरी पारित गर्ने ,वासलात ,नगद प्रबाह बिबरण ,नाफा नोक्सान हिसाब लगायत अन्य बित्तीय बिबरणहरु छलफल गरी पारित गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने कार्य पनि सो सभाले पारित गर्नेछ। सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने कार्य पनि सोही सभाले गर्नेछ ।





सम्बन्धित समाचार