१२ असार २०७८, शनिबार   1680 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडले गत जेठ २० गतेदेखि जारी गरेको हकप्रद सेयर अब १ दिन अर्थात (असार १३ ) गते सम्म बिक्री खुल्ला हुने जनाएको  छ । कम्पनीको हकप्रदमा असार १३ गतेसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको  (१:०.२९३८) को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । 

उक्त हकप्रदमा कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।  लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय , नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार