११ असार २०७८, शुक्रबार   532 पटक हेरिएको


image

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  ‘आरविवि म्यूचुअल फण्ड १’ नामक  म्यूचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले  अनुमति प्रदान गरेको छ ।

यस फण्डको कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र (Fund Manager)योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैंक लिमिटेड हुने गरी ‘आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।

यस म्यूचुअल फण्ड  निष्काशन गर्न बोर्डले असार १० गते अनुमति प्रदान गरेको हो ।यस योजनाको आकार एक अर्ब रूपैयाँ रहेको छ । यसको समयावधि सात वर्षको रहनेछ ।





सम्बन्धित समाचार