११ असार २०७८, शुक्रबार   581 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले साधारण शेयर निष्कासन गर्न अनुमति दिएको छ। नियामक निकाय धितो पत्र बोर्डले पावर कम्पनीलाई १०० रुपैयाँ अंकित दरका १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता साधारण शेयर  निष्कासन गर्न असार १० अनुमति दिएको छ ।

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर  निष्कासन गर्नेछ। पावर कम्पनीले चुक्ता पुँजीको ३०% बराबरको साधारण शेयर  निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 





सम्बन्धित समाचार