११ असार २०७८, शुक्रबार   280 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिभिल बैंक लिमिटेडले ३०,००,००० कित्ता ऋणपत्र जारी गर्ने भएको छ  । बैंकले३०,००,००० कित्ता को रु ३ अर्ब रुपैया रुपैयाँ बराबरको ऋणपत्र “९%,१० बर्ष ,सिभिल बैंक डिबेन्चर २०८८” नामक ऋणपत्रको निष्कासन गर्न लागेको हो। यस ऋणपत्र १० बर्ष अबधि ,वार्षिक ९% ब्याजदर भएको ऋणपत्र प्रति कित्ता रु. १००० दरमा बिक्री गर्न लागेको हो । 

यस बैंकले सो ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत जेठ २४ निबेदन दिएको छ  ।कुल निष्कासन हुने ३० लाख कित्ता मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२  लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। यस बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ  ।





सम्बन्धित समाचार