PalikaExpress
११ असार २०७८, शुक्रबार
2119 पटक हेरिएको

कृषि विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। प्रति कित्ता १००० अंकित बैंकले १२ अर्ब रुपैया बराबरको १करोड़ २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते धितो पत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसको अवधि ९ वर्ष रहेको छ ।
त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।