११ असार २०७८, शुक्रबार   889 पटक हेरिएको


image

सर्वोत्तम सिमेन्टको विशेष साधारण सभाले कम्पनीको बोनस सेयर तथा लाभांश पारित गरेको छ । असार १० गते बिहीबार सम्पन्न साधारण सभाले  आ.व.२०७६/०७७ सम्मको मूनाफावाट हालको चुक्ता पुँजी को १९ .११८% बोनस  शेयर तथा (कर प्रयोजनका लागि ) १.००६%  नगद लाभांश पारित भएको हो ।कम्पनीको शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने जनाइएको छ । 

 सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर (FPO)को रेटिङ सम्पन्न गरेको छ । यस कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

यस अघि नै कम्पनीको शेयर निष्कासनमा बुक विल्डिङ प्रणाली लागू गर्ने निर्णय भए संगै सर्बोत्तम सिमेन्टको काठमाण्डौमा सम्पन्न भएको दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन साधारण शेयर बुक विल्डिङ विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा सर्वसाधारणलाई सेयर बेच्ने गरी साधारण शेयर (FPO) प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट सेयर मूल्य निर्धारण गरी सर्वसाधारणमा बिक्री गर्ने प्रक्रिया अघि बढाए संगै न्यूनतम मूल्य साढे ७ सय रुपैयाँभन्दा बढी हुने जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सेयर मूल्य निर्धारण गरी सर्वसाधारणलाई सेयर बेच्न पाउने नीति अघि सारेपछि सर्वोत्तम सर्वसाधारणलाई सेयर बेच्न अग्रसर भएको हो ।





सम्बन्धित समाचार