११ असार २०७८, शुक्रबार   689 पटक हेरिएको


image

जीवन विकास लघुवित्त संस्थाले आज असार ११ गते बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ ।यस  लघुवित्त संस्थाको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

साधारण शेयरको जम्मा कित्ता मध्ये कुल पुँजीको ०.५% ले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५% ले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाईएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त साधारण शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ । यस लघु बित्त कम्पनीको लागी १० कित्ताको लागि आबेदन दिनु उपयुक्त हुनेछ ।





सम्बन्धित समाचार