१० असार २०७८, बिहीबार   234 पटक हेरिएको


image

पालिका एक्सप्रेस, गत असार ६ गते बाट बिक्रि खुल्ला भएको एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंकलिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ ।यस बैंकहरुको ऋणपत्रहरुमा ६ गते बाट छिटोमा असार ९ गतेसम्म भएकोमा माग बमोजिम पर्याप्त आवेदन नपरेका कारण यो ऋणपत्रहरुमा अब असार २० गतेसम्म आवेदन दिन सकिनेछ। सांग्रिला डेभलपमेन्ट बैंकले ७,५०,००० कित्ता को रु.७५ करोड रुपैयाँ बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” नामक ऋणपत्रको निष्कासन गरेको छ । यस ऋणपत्र १० बर्ष अबधि ,वार्षिक ९% ब्याजदर भएको ऋणपत्र प्रति कित्ता रु. १००० दरमा बिक्री गर्न लागेको हो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ३ लाख कित्ता सम्म खरिद आवेदन दिन सकिनेछ।कुल निष्कासन हुने ७ लाख ५० हजार कित्ता मध्ये ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका कित्ता मध्ये ५%(१५,०००कित्ता) भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। यस बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, एनआईसि एसिया बैंकलिमिटेडले पनि असार ६ गतेबाट नै ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो। ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नियामक निकाय नेपाल धितोपत्र बोर्ड(SEBON)ले गत यही जेठ  २० गते एनआईसि एसिया बैंकलाई ‘८.५% एनआईसि एसिया डिबेन्चेर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो।बोर्डको अनुमतिसँगै बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्न लागेको हो । 

एनआईसि एसिया बैंकले निष्कासन गर्ने यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ। यो ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५%ब्याज पाउनेछन्। यो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराईज  क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार