१० असार २०७८, बिहीबार   345 पटक हेरिएको


image

आईएमई लाईफ इन्सुरेन्स कम्पनीले साधारण शेयर निष्काशनको अनुमतिको लागी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस लाईफ इन्सुरेन्स कम्पनीको गत जेठ ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले साधारण शेयर निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गरेको थियो । इन्सुरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।कम्पनीले साधारण शेयर निष्काशन पछि कम्पनीमा ७०% प्रोमोटर सेयर र ३०% साधारण शेयरको हिस्सा हुने छ ।शेयर जारी गर्न अनुमतिको लागी नियामक निकाय सेबोनमा जेठ ३१ गते निबेदन दिएको छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्रि प्रबन्धको काम सिभिल क्यापिटलले गर्ने छ ।कम्पनीको साधारण शेयरलाई रेटिङ्ग एजेन्सी केयर नेपालले  केयरएनपी ट्रिपल बि रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको जनाउँदछ ।





सम्बन्धित समाचार