१० असार २०७८, बिहीबार   458 पटक हेरिएको


image

पालिका एक्सप्रेस, एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेलेक्ट–३०’ नामक म्युचुअल फण्ड आज  असार १० गते बाट  निष्काशन तथा बिक्री खुल्ला  भएको छ। म्युचुअल फण्ड जारी गर्न  नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट गत बैशाख ३१ स्वीकृत पाएको थियो । एनआईसी एशिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एशिया बैंक रहेको यो फण्डले १० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ताहरु निष्काशन गर्न लागेको हो। जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख कित्ता कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख कित्ताको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ ।

यो सात वर्षे बन्दमुखी योजना हो। यस म्युचुअल फण्ड  बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ । यस म्युचुअल फण्ड लगानीगर्ने लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतममा १ करोड कित्तासम्म आबेदन दिन सक्नेछन । असार १० बाट बिक्री खुल्ला भई छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन्।लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर एपबाट  आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार