९ असार २०७८, बुधबार   949 पटक हेरिएको


image

पालिका एक्सप्रेस , आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण शेयर  निष्कासन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।यस लघुबित्त संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा असार ३१ गते  बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा साधारण शेयर  निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्ष द्वारा आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका अन्य वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने तथा चालु आ.व. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।





सम्बन्धित समाचार