९ असार २०७८, बुधबार   379 पटक हेरिएको


image

पालिका एक्सप्रेस , राधी विद्युत् कम्पनी लिमिटेड RADHI ले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  यस कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा असार २९ गते काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट  हुने भएको छ। सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५%बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै,बिशेस प्रस्ताब अंर्तगत बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२% (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।यसै सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित बूंदाहरु मा संशोधन तथा परिमार्जन गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ।कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार