
पालिका एक्सप्रेस, सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ नामक म्युचुअल फण्ड बिक्री तथा निष्काशन गर्ने भएको छ ।

प्रति कित्ता १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड कित्ता असार १६ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो । उक्त म्युचुअल फण्डका कित्ताहरु छिटोमा असार २० र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । ईच्छुक लगानीकर्ताले उक्त कित्ता खरीदका लागि न्यूनतम १०० कित्ता देखि अधिकतम २० लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले म्युचुअल फण्ड निष्कासन तथा बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत जेठ २७ गते निवेदन पेश गरेको थियो । फण्डको निष्काशन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । ईच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा स्वीकृत लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । यो खुल्लामुखी योजना हो ।