८ असार २०७८, मंगलवार   632 पटक हेरिएको


image

यो बर्षको सुरुवात देखि अहिले सम्म नियामक निकायमा चार कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

हकप्रद शेयर जारीको लागी चार कम्पनीहरुमा छ्याङ्दी हाइड्रोपावर, शिखर इन्स्योरेन्स , एक्सेल डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक नामक कम्पनीहरु रहेका छन्।

छ्याङ्दी हाइड्रोपावरले ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको छ। यो हाइड्रोपावर कम्पनीले (१०:३)को अनुपात शेयर निष्काशन गर्न लागेको हो ।यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  ग्लोबल आईएमई क्यापिटललाई तोकेको छ। यस कम्पनीले गत बैशाख १५ गते निबेदन पेश गरेको थियो ।

शिखर इन्स्योरेन्सले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्कासन गर्नेछ। कम्पनीले (१०:३) को अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नै रहेको छ। यस कम्पनीले गत जेठ २५ गते निबेदन पेश गरेको थियो।

एक्सेल डेभलपमेन्ट बैंकले २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासन गर्नछ। कम्पनीले (१०:३) को अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। यस कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नै रहेको छ। यस कम्पनीले गत जेठ २७ गते निबेदन पेश गरेको थियो।

यसैगरी,नारायणी डेभलपमेन्ट बैंकले सतप्रतिशत अर्थात (१:१) अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। जसअनुसार यो बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्कासनको तयारी गरेको छ। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। यस कम्पनीले गत असार ४  गते निबेदन पेश गरेको थियो।





सम्बन्धित समाचार