PalikaExpress
८ असार २०७८, मंगलवार
519 पटक हेरिएको

नागरिक लगानी कोष CIT को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कोषको ९% बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।बोनस शेयर समायोजन पछिको मूल्य ३७४३ रुपैयाँ प्रति शेयर निर्धारण गरेको छ । कोषको समायोजित मूल्यलाई आधार मानेर अर्को कारोबार खुल्ने दिन मंगलबारबाट सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ४०८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लगानी कोषले असार १८ गते बस्ने साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गरेको छ ।त्यस कारण असार ७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कोषले गत वर्षको नाफाबाट ९% बोनस सेयर र करसहित ८.८९% नगद गरी कुल १७.८९% लाभांश वितरण गर्दैछ ।