PalikaExpress
८ असार २०७८, मंगलवार
273 पटक हेरिएको

आइएमई लाइफ इन्सुरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको साधारण शेयरको रेटिङ्ग गराएको छ ।कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्तभए पछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।
इन्सुरेन्स कम्पनीले सर्व साधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।साधारण शेयर निष्काशन पछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ ।