७ असार २०७८, सोमबार   294 पटक हेरिएको


image

आज साताको दोस्रो  कारोबारको दिन   सेयर बजारमा  दोहोरो अंक ७१.०६ अंकले गिरावट देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० मा पुगेको छ । कूल २२७ वटा कम्पनीको २ करोड २५ लाख २२ हजार  ४ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४  रूपैयाँ बराबरको कारोबार भएको  नेप्सेले जनाएको छ ।

आज  सर्वाधिक नाफा कमाउने  कम्पनीहरूमा  नारायणी डेभलपमेंट बैंक,  कुमारी बैंक प्रमोटर, जल बिधुत लगानी तथा बिकाश कम्पनी,१०% नबिल डिबेंचर, आदि कम्पनी रहेका छन् ।

आज सर्वाधिक गुमाउने  कम्पनीहरूमा यूनिभर्सल पावर कम्पनी,गुहेश्वरी मर्चेंट बैंक ,यूनियन हाईड्रोपावर,लिबर्टी ईनर्जी कम्पनी,हिमाल दोलखा हाइड्रो पावर  आदि कम्पनीहरु रहेका छन् ।

त्यसै गरी , आज सबै भन्दा बढ़ी कारोबार हुने कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, जलबिधुत लगानी तथा बिकाश कम्पनी,नागरिक लगानी कोष ,नेशनल हाईड्रो आदि रहेका छन ।





सम्बन्धित समाचार