PalikaExpress
७ असार २०७८, सोमबार
669 पटक हेरिएको

नागरिक लगानी कोष CIT को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज असार ७ गते सम्म रहेको छ ।यस नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोली असार ८ गते बुक क्लोज गर्दैछ ,त्यसैले आज सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कोषले गत आर्थिक वर्षको मुनाफाबाट ९% बोनस सेयर र ८.८९% नगद लाभांश गरि कूल १७.८९४७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कोषले आगामी असार १८ गते सभा बोलाएको छ ।कोषले सभा दिउँसो २ बजे कोषको केन्द्रीय कार्यालय काठमाडौंमा हुने बताएको छ ।