
आज साताको पहिलो कारोबारको दिन सेयर बजारमा भने दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६३.२८ अंकले घटेर २९०५.१४ मा पुगेको छ ।नेप्से ०.४६ प्रतिशतले घटेको हो । कूल २३१ वटा कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा कुमारी बैंक प्रमोटर,गोर्खाज फाइनान्स, नेशनल हाईड्रोपावर कम्पनी, रुरु जलबिद्युत आयोजना आदि कम्पनी रहेका छन् ।

आज सर्वाधिक गुमाउने कम्पनीहरूमा यूनियन हाईड्रोपावर,सीईडीबी हाईड्रो,खानीखोला हाईड्रोपावर ,घलेम्दी हाईड्रोपावर आदि कम्पनीहरु रहेका छन् ।

त्यसै गरी , आज सबै भन्दा बढ़ी कारोबार हुने कम्पनीहरुमा नेपाल पुनर्बीमाकम्पनी,नेपाल इन्सुरेन्स कम्पनी ,नेशनल हाईड्रो ,एनएलजी इन्सुरेन्स ,आदि रहेका छन ।