६ असार २०७८, आईतवार   538 पटक हेरिएको


image

जीवन विकास लघुवित्त संस्थाले यही असार ११ गतेबाट साधारण शेयर  निष्काशन गर्ने भएको छ ।यस  लघुवित्त संस्थाको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

साधारण शेयरको जम्मा कित्ता मध्ये कुल पुँजीको ०.५% ले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५% ले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाईएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त साधारण शेयरमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ । यस लघु बित्त कम्पनीको लागी १० कित्ताको लागि आबेदन दिनु उपयुक्त हुनेछ किन भने हाल डीम्याट खाता खोल्नेको संख्या ३३  लाख कटी सकेको हुनाले र लघु बित्तमा लगानीकर्ताको चासो बढेको कारणले धेरै लगानीकर्ताहरुको लागी यो साधारण शेयर पर्खाईको कम्पनी रहेको छ ।  





सम्बन्धित समाचार