६ असार २०७८, आईतवार   153 पटक हेरिएको


image

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७,५०,००० कित्ता ऋणपत्र जारी गर्ने भएको छ  । सो ऋणपत्रको  बिक्री खुल्ला आगामी असार ६ गते आज देखि बिक्री खुल्ला भएको छ। बैंकले ७,५०,००० कित्ता को रु.७५ करोड रुपैयाँ बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७” नामक ऋणपत्रको निष्कासन गर्न लागेको हो। यो ऋणपत्र छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

 यस ऋणपत्र १० बर्ष अबधि ,वार्षिक ९% ब्याजदर भएको ऋणपत्र प्रति कित्ता रु. १००० दरमा बिक्री गर्न लागेको हो ।  ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा ३ लाख कित्ता सम्म खरिद आवेदन दिन सकिनेछ।कुल निष्कासन हुने ७ लाख ५० हजार कित्ता मध्ये ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्मयबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका कित्ता मध्ये ५%(१५,०००कित्ता) भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। यस बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ  ।





सम्बन्धित समाचार