५ असार २०७८, शनिबार   313 पटक हेरिएको


image

रिलायबल नेपाल लाईफ इन्सुरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको निर्णयानुसार असार ४ गते हिजो  शुक्रबार काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले साधारण सेयर  जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीले अब साधारण सेयर निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ ।

यसका साथै, सभाले संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर पनि छलफल गरी पारित गरेको छ।त्यस्तै, आ. व. २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पारित भएको छ । 





सम्बन्धित समाचार