PalikaExpress
४ असार २०७८, शुक्रबार
487 पटक हेरिएको

सिद्धार्थ क्यापिटल लिमिटेडले म्युचुअल फण्ड बिक्री तथा निष्काशन गर्ने भएको छ । यस क्यापिटल कम्पनीले ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत जेठ २७ गते निवेदन पेश गरेको छ ।

सिद्धार्थ क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको २० करोड रूपैयाँ बराबरको २ करोड कित्ता निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । यो खुल्लामुखी योजना हो ।