४ असार २०७८, शुक्रबार   480 पटक हेरिएको


image

रिलायबल नेपाल लाईफ इन्सुरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज असार ४ गते शुक्रबार आज  हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको निर्णयानुसार असार ४ गते काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।सो सभाले सर्वसाधारणलाई छुट्याइएको साधारण सेयर  जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

सभाले संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु(NFRS अनुसारको बित्तीय बिबरणहरु समेत ) उपर छलफल गरी पारित गरिनेछ । त्यसैगरी आ.व.२०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।





सम्बन्धित समाचार