४ असार २०७८, शुक्रबार   676 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सले साधारण शेयर निष्काशनको लागी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन  पेश गरेको छ ।इन्सुरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन अनुमति माग्दै जेठ ९ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँको ३०% अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्सुरेन्सको साधारण शेयर निष्काशन पछि २ अर्ब रुपैयाँ पुग्नेछ ।यस कम्पनीको साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

युनियन लाईफ इन्सुरेन्सले साधारण शेयर निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।कम्पनीले साधारण शेयर निष्कासनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । युनियन लाईफ इन्सुरेन्सले  ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनका लागि निवेदन दिएको हो ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।युनियन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी हाल  १ अर्ब ५० करोड ५० लाख रहेको छ ।जीवन बीमा कम्पनीहरुले  २ अर्ब बराबरको चुक्ता पूँजी पूरा  गर्न साधारण शेयर जारी गर्न लागेका हुन् ।





सम्बन्धित समाचार