३ असार २०७८, बिहीबार   369 पटक हेरिएको


image

कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले असार २ गते सकुशल उद्वार गरेको छ ।गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेकोहो।

काठ बरामद

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ७ गेरुवा जोतस्थित सगुनधारीबाट असार २ गते सशस्त्र प्रहरीले करीव २ लाख २९ हजार रुपैयाँ बराबरको करीव ६५ क्यूफिट सिसौको गोलिया काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो ।बरामद काठ सव डिभिजन वन कार्यालय ठाकुरापुरमा बुझाईको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल हाईवे सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले असार २ गते करीव १ लाख ४१ हजार रुपैयाँ बराबरको करीव ८१ क्यूफिट सालको चिरान काठ बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ११ स्थित छोटी दोभानबाट बरामद गरेको हो । बरामद काठ सव डिभिजन वन कार्यालय लक्ष्मीनियामा बुझाईएको छ ।

सशस्त्र प्रहरीद्वारा औषधी बरामद

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असार २ गते सशस्त्र प्रहरीले करीव ४ लाख ७५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुथौलीमा बुझाईएको छ ।





सम्बन्धित समाचार