३ असार २०७८, बिहीबार   305 पटक हेरिएको


image

फरवार्ड लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनि आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न जो कोहि इच्छुक आवेदकले यही असार ३ गते बाट असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।सो शेयर बिद्यमान शेयरधनि लगायत अन्य ईच्छुक ब्यक्ति ,फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई  शेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोल कबोल मूल्यमा लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै हद लाग्ने छैन । उक्त सेयरको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार