PalikaExpress
१ असार २०७८, मंगलवार
455 पटक हेरिएको

युनियन लाईफ इन्सुरेन्सले साधारण शेयर निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।कम्पनीले साधारण शेयर निष्कासनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । युनियन लाईफ इन्सुरेन्सले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनका लागि निवेदन दिएको हो ।

यस कम्पनीको साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।युनियन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी हाल १ अर्ब ५० करोड ५० लाख रहेको छ ।जीवन बीमा कम्पनीहरुले २ अर्ब बराबरको चुक्ता पूँजी पूरा गर्न साधारण शेयर जारी गर्न लागेका हुन् ।