PalikaExpress
१ असार २०७८, मंगलवार
654 पटक हेरिएको

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड मा निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न गत जेठ २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको लागी एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।