१ असार २०७८, मंगलवार   324 पटक हेरिएको


image

आईएमई लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा जेठ ३१ गते भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ ।सभाले धितोपत्र दर्ता गरी सर्व साधारणलाई साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर निष्कासन गर्दैछ ।

साधारण शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।सञ्चालक समिति अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको यस बार्षिक  सभाले आ.व. २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन ,लेखा परीक्षकको प्रतिवेदन, आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची आदि वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

यसै गरी सभाले आ.व.२०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्य पनि सम्पन्न गरेको छ ।





सम्बन्धित समाचार