PalikaExpress
१ असार २०७८, मंगलवार
737 पटक हेरिएको

आखिर कसको भीडले जन्मियाै तिमी
तिम्रो जन्मले मानव सभ्यता हराउँदै यहाँ
भीडमा रमाउन दिएनाैं तिमीले
मनले नमानेको दुरी कायम गर्नुपर्ने
आखिर कोसँग जित्नु थियोे तिमीले
बच्चा देखि वृद्ध, युवा सबै डराउनुपर्ने
धेरैलाई साहारा विहिन बनायो तिमीले
कहिलेसम्म हो मानिस घरभित्रै थुन्नुपर्ने
घरभित्र थुनिदा थुनिँदै निसासिन लगायो तिमीले
कुन संघर्षको झण्डा थियोे ठड्याउनुपर्ने
के को बदला लिनु थियोे तिमीले
न त अपहरण गर्न नै सकिने
कुन आविष्कारले जन्मियाै तिमी
तिम्रो अन्त्य खोज्दैछाैं हामी
सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर