३१ जेष्ठ २०७८, सोमबार   888 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE)का विद्यार्थीको परीक्षाफल सम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने जनाएको छ । विद्यालयले बिद्यार्थीको परीक्षा मूल्याङ्कन गरी विद्यार्थी मूल्यांकन कार्यबिधि,२०७८ बमोजिम बिद्यालयले SEE को मूल्यांकन गरि अषाढ २० गते भित्र सम्बन्धित शिक्षा बिकास तथा समन्वय इकाईमा पठाउनु पर्ने भएको छ । विद्यालय मूल्यांकन समितिमा ५ जना शिक्षक (प्रधानाध्यापक, गणित ,बिज्ञान,अंग्रेजी शिक्षक,बरिष्ठ शिक्षक) मिलेर मूल्याङ्कन गर्नु पर्ने हुन्छ । मूल्याङ्कन प्रक्रियामा प्रयोगात्मक भएका बिषयमा निर्माणात्मक २०%,निर्णयात्मक  ५५%,प्रयोगात्मक  २५% गरी लिईने छ भने प्रयोगात्मक नभएका बिषयका लागी निर्माणात्मक २५%,निर्णयात्मक  ७५% गरी परीक्षा मूल्यांकन गर्नु पर्ने हुन्छ ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्य सम्म बोर्डले दिने र भदौ बाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । यस पटक एसईईमा कुनै पनि विषयमा ८० प्रतिशत भन्दा बढी अङ्क प्रदान गर्नुपर्ने भएमा कैफियत महलमा सो अङ्क प्रदान गर्नुपर्ने आधार वा कारणका बारेमा स्पष्ट उल्लेख गर्नुपर्ने सूचना प्राप्त भएको छ ।





सम्बन्धित समाचार